8 years ago
April 2, 2017
स्पेन (एजेन्सी ) –एल क्लासिकोमा भिड्ने स्पेनका दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना सामाजिक संजालमा पनि अप्रत्यक्ष रुपमा भिडेका थिए ।
लोकप्रिय सामाजिक संजाल फेसबुकमा १ सय मिलियन (१० करोड) लाइक बनाउने पहिलो स्पोट्र्स क्लब बन्न दुइ टोली बीच होडबाजीमा रियलले बाजी मारेको छ । बार्सिलोनाले पहिले १ सय मिलियन लाइक पुर्याउनका लागि विभिन्न तपरियका अपनाएको थियो ।
बार्सिलोनाले औपचारिक ट्विटरमा प्रचार गर्दै समर्थकहरुलाई फेसबुक पेज लाइक गर्न आव्हान गरेको छ । क्लबले ट्विट गरेको थियो ‘हामिलाई फेसबुकमा लाइक गरि १ सय मिलियन लाइक पुर्याउन मद्दत गर्नुहोला ।’
अर्को उपाय अपनाउने क्रममा बार्सिलोनाले फेसबुक पेज लाइक गर्ने समर्थकलाई लुइस स्वारेज , नेइमार र लियोनल मेस्सीको हस्ताक्षर सहितको जर्सी जित्ने अवसर दिदै प्रोत्साहित गरेको थियो ।
अर्कोतर्फ रियलले पनि समर्थकहरुलाई फेसबुकमा औपचारिक पेज लाइक गरेर क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर अंकित जर्सी दिने घोषणा गरेको थियो । फेसबुक पेज लाइक बढाउन रियलले पनि सक्दो प्रयास गरेको थियो । रियलले फेसबुकमा विज्ञापन समेत गरेको थियो ।
दुवै टोलीले एकै दिन १ सय मिलियन लाइक बनाएपनि रियलले बार्सिलोनाको भन्दा ९ घन्टा अगाडि १ सय मिलियनको लक्ष्य पुरा गरेको थियो ।
१ सय मिलियनले फेसबुक पेज लाइक हुने पहिलो क्लब भन्दै रियलले फेसबुक पेजमा सेयर पनि गरेको थियो ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]