default_image

8 years ago

April 1, 2017

घरेलु मैदानमा चेल्सीको पराजय

111 views

0 Bookmark

एजेन्सी – प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा क्रिस्टल प्यालेससंग २-१को पराजय भोगेको छ। ब्रिजमा भएको पछिल्लो १० खेलमा अपराजित रहेको चेल्सीले अग्रता लिएपनि खेलमा जित दर्ता गर्न सकेन।

chelsea-palace

चेल्सीका लागि मिडफिल्डर सेस फेब्रिगासले खेलको पाचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, क्रिस्टल प्यालेसले ३ मिनेटको अन्तरमा २ गोल गरेपछि चेल्सी खेलमा पछि परेको थियो। विल्फ्रिड जाहाले खेलको नवौं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसकै केहि समयपछि जाहाकै पासलाई सदुपयोग गर्दै क्रिस्टियन बेन्टेकेले प्यालेसलाइ खेलमा अगाडी बढाए।

खेलको अधिकांस समय आफ्नो खेमामा बल राखेको चेल्सीले पटक पटक पोष्टमा आक्रमण गरेपनि प्यालेसका गोलरक्षक वायन हेनेसी बाधक बनेका थिए। चेल्सीको २४ प्रहारको तुलनामा क्रिस्टल प्यालेसले जम्मा ८ प्रहार गरेको थियो।

पराजयसंगै चेल्सीले १० अंकको अग्रता कायम राख्ने अवसर गुमायो। ६९ अंक बोकेको चेल्सी दोश्रो स्थानमा रहेको टोटेनह्यामभन्दा ७ अंकले अगाडी छ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.