10 years ago
October 6, 2015
काठमाडौं, असोज १७ गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल पुलिस क्लब र मोरङ एफसिले बराबरी खेलेका छन । मोरङले खेलको अन्तिम मिनटमा बराबरी गोल गरेपछी पुलिस राष्ट्रिय लिग पुन: सुचारु भएपछी हासिल गर्न लगेको पहिलो जीतबाट बन्चित भयो ।
नेपाल पुलिस क्लबका ३ जना खेलाडी चोट बाट फर्के पनि कुनै जादु देखाउन सकेन र लिग को अन्तिममा रहेको मोरङ सँग पनि ड्र खेल्न बाध्य भयो । सुमन सुबेदि, सुरज बिक र योगेश श्रेष्ठले लिगमा पुनरगामन गरेका थिए । पहिलो हाल्फ बाटनै खल्लो देखिएको खेल मा पहिलो हाल्फ निरशाजनक देखिएको थियो, दुबै टोलिले कुनै गोल गर्न सकेनन । दोस्रो हाल्फ मा भने खेल केहि रोमान्चक देखियो, खेलको ६०औं मिनटमा अजित भण्डारीको गोल रेफ्रीले अफसाइड दिएपनी त्यस्को १६ मिनट पछी योगेशले प्रहार गरेको बल सुरेन खवासलाई छुदै गोल भयो र पुलिसले आग्रता लियो । तर ९० मिनट पछी थपिएको ३ मिनटको पहिलो मिनटमा गोल गर्दै राज कुमार पौडेलले खेल १-१ को बराबरीमा पुराए ।
खेलको म्यान अफ द म्यात्च मोरङका राज कुमार पौडेल घोषित भए ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]