default_image

8 years ago

March 30, 2017

नवयुग, अनिल र भरतलाई एनआरएनए अष्ट्रेलियाले सम्मान गर्ने

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ले तीन नेपाली खेलाडीलाई आइतबार सम्मान गर्ने भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई एनआरएनए अष्ट्रेलियाले आइतबार सम्मान गर्न लागेको हो ।

अष्ट्रेलिया जाने क्रममा हङकङ विमानस्थलमा बायाँबाट क्रमश ः नवयुग श्रेष्ठ, भरत शाह र अनिल गुरुङ । (तस्बिर - नवयुगको इन्स्टाग्रामबाट)

अष्ट्रेलिया जाने क्रममा हङकङ विमानस्थलमा बायाँबाट क्रमश – नवयुग श्रेष्ठ, भरत शाह र अनिल गुरुङ । (तस्बिर – नवयुगको इन्स्टाग्रामबाट)

लामो समय नेपाली भलिबल टोलीलाई कप्तानी गरेका भरतले केही बर्षअघि सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए । नेपाल प्रहरीमा आबद्ध उनी अहिले पुलिसको भलिबल टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका अनिल र त्रिभुवन आर्मी नवयुग भने यसपटक राष्ट्रिय टोलीको भ्रमणमा थिएनन् । चैत १५ गते भएको फिलिपिन्सविरुद्ध एसियन कप छनोटमा अनिल टोलीमा अटाउन सकेनन् ।

नवयुग चोटका कारण टोलीमा परेनन् । नेपाली टोली फिलिपिन्ससँग खेलेर बुधबार राती स्वदेश फर्केको छ । त्यो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । तीन खेलाडी आज आइतबार अष्ट्रेलिया पुग्दैछन् ।

austrai-samman

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.