8 years ago
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली हावी भएको थियो।
मंगलबार आफ्नो खेल खेलेको टोली बुधबार राती १०:३० बजे नेपाल आइपुगेको थियो।
नेपालले छनोट चरण अन्तर्गत दोश्रो खेल घरेलु मैदनमा यमनसंग खेल्नेछ। सो खेल जुन १३ मा हुनेछ।
November 18, 2024
एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]
November 18, 2024
एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]