default_image

8 years ago

March 29, 2017

सुआरेज र काभानी नचल्दा उरुग्वेको हार

112 views

0 Bookmark

लिमा (हाम्रो खेलकुद) – एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका बार्सिलोना स्टार लुइस सुआरेजको साथ हुँदाहुँदै पनि उरुग्वेले फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत बुधबार भएको खेलमा पेरुसंग २-१को हार व्येहोरेको छ।

suarez-and-cavani

सुआरेजसंगै पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानीको साथ् रहेपनि उरुग्वेले ३०औं मिनेटमा कार्लोस स्यान्चेजको गोलले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै जोसे पाउलो गुरेरोले खेललाई बराबरीमा ल्याएका थिए।

खेलको ६२औं मिनेटमा एडिन्सन फ्लोरेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७२औं मिनेटमा उरुग्वेका जोनाथनले दोश्रो पहेंलो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो। गोल गर्ने प्रयासमा हातले बल नियन्त्रण गरेपछि रेफ्रीले उनलाई दोहोरो पहेंलो कार्ड देखाएका थिए।

हारसंगै उरुग्वे अंक तालिकाको तेश्रो स्थानमा झरेको छ। ब्राजिल पहिलो स्थानमा छ। भने कोलोम्बियाले दोश्रो स्थान ओगटेको छ उरुग्वेले १४ खेलमा २३ अंक जोडेको छ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.