8 years ago
March 29, 2017
साउ पोउलो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिकी छनोटमा बुधबार ब्राजिलले सहज जित हासिल गरेको छ । पाराग्वेलाई ३–० ले हराएको ब्राजिल अंक तालिकाको शीर्षस्थानमा थप मजबुद बनको छ । १४ खेलमा १० जित, ३ बराबरी र एक खेलमा मात्र हार बेहोरेको ब्राजिलको ३३ अंक छ । त्यो दोस्रो स्थानको कोलम्बियाको भन्दा ९ अंकले बढी हो ।
ब्राजिललाई जित दिलाउन फिलीले कौटिन्ह्यो , नेमार र मार्सेलोले गोल गरे । पहिलो हाफमा कौटिन्ह्योको गोलमा अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा नेमार र मार्सेलोको गोल गरे । ३४ औं मिनेटमा पौलिन्ह्योको पासलाई सदुपयोग गर्दै लिभरपुलका मिडफिल्डर कौटिन्ह्योले उत्कृष्ट गोल गरेका थिए ।
दोस्रो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका नमारले ६४ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर गरे । कौटिन्ह्योसँगको राम्रो तालमेलमा नेमारले गोल गरेका हुन् । खेल सकिन ४ मिनेट बाँकी रहँदा रियल मड्रिडका फुल ब्याक मार्सेलोले टोलीका लागि अन्तिम गोल गरेका हुन् । पौलिन्ह्योको ब्याक हिल पासलाई सदुपयोग गर्दै मार्सेलोले अगाडी बढेर गरेको चिप विपक्षी किपरको माथिबाट गएर गोलमा परिणत भएको थियो ।
यो जितसँगै ब्राजिलको विश्व कप यात्रा लगभग निश्चित भएको छ । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १२ खेलबाट १९ अंकका साथ अर्जेन्टिनाभन्दा अघि चिली चौथो स्थानमा छ । दक्षिण अमेरिकाबाट शीर्ष चार टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं टोलीले प्ले अफ खेल्नु पर्नेछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]