9 years ago
October 5, 2015
इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग भिड्दै छ
पहिलो खेलमा इरानसंग १०-०को फराकिलो हार व्यहोरेको नेपालले दोश्रो खेलमा कुवेतसंग १-१को बराबरी खेलेको थियो| नेपालले दोश्रो खेलमा कप्तान विमल घर्ती मगरको गोलले अग्रता लिएपनि खेलको अन्त्यतिर गोल खाएर बराबरीमा रोकिएको थियो|
नेपालको लागि छनोटको गणितिय सम्भावना अझै छ भने प्रतिद्वन्दि जोर्डन भने प्रतियोगिताको अन्तिम चरणमा नपुग्ने पक्का भइसकेको छ| जोर्डनले पहिलो खेल कुवेतसंग २-१ले हारेको थियो भने दोश्रो खेलमा नतिजा ३-०ले इरानलाई सुम्पेको थियो|
समूह बिजेता हुने सम्भावना यसअघिनै सकिसकेको नेपाल उपविजेता बन्ने लक्ष्य साथ मैदानमा उत्रनेछ| नेपालले छनोट हुनका लागि समुहको उपविजेता हुन जरुरी छ| उपविजेता बन्नका लागि नेपालले जोर्डनविरुद्ध फराकिलो जित हात पार्नुपर्नेछ भने इरानले पनि कुवेतलाई फराकिलो जित दर्ता गर्नुपर्छ|
पाँच उत्कृष्ट समुह उपविजेता पनि अन्तिम चरणमा जाने भएकाले गणितिय सम्भावना जिवितै रहेको हो| जोर्डनलाई हराएको खण्डमा नेपालको छनोट हुने झिनो आशा कायम रहनेछ| अन्य समुहको नतिजाले पनि समीकरण उथलपुथल पार्ने हुनाले नेपालको लागि अरु नतिजाले पनि ठुलो भूमिका खेल्नेछ|
गत महिना किर्गीस्तान्मा भएको यु१६को छनोटमा पनि नेपाल पाँच उत्कृष्ट उपविजेता मध्य एक भएर अन्तिम चरणमा पुगेको थियो| त्यसबेला अन्य खेलको नतिजा नेपालको छनोटको लागि अनुकुल हुँदा अन्तिम चरणमा पुग्न सफल भएको थियो| अहिलेको यु१९को समिकरण यु१६ छनोटको समयभन्दा निकै कठिन देखिएको छ|
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]