default_image

8 years ago

March 28, 2017

मेस्सिलाई ४ खेल प्रतिबन्ध

144 views

0 Bookmark

अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो ।

lionel-messi

अर्जेन्टिनी रेडियो ‘ला रेड’ का अनुसार रेफ्रिहरुले आफ्नो खेलको प्रतिवेदनमा बर्सिलोनाका स्टार मेस्सीको अभद्र शैलीलाई उल्लेख गरेका थिए। खेलका दौरान चिलीका खेलाडीहरुबाट ट्याकल सहनु परेको मेस्सीले खेलका दौरान र खेल सकिएलगत्तै रेफ्रि प्रति असन्तुष्टि जनाउदै  अपशब्द प्रयोग गरेको आरोप उनि माथि लागेको हो ।

फिफाको कारवाहीसंगै मेस्सीले अब अर्जेन्टिनाको आगामी ४ खेल गुमाउने छन्।

 

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.