8 years ago
March 28, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ ।
नेपाली क्रिकेट टोली बंगलादेशमा जारी एएफसी इमर्जिङ नेसन्स कप क्रिकेटमा आयोजक बंगलादेशविरुद्ध जितका लागि २ सय ५८ रनको लक्ष्य पछ्याइरहेको छ भने फुटबल र भलिबल टोलीले साँझ प्रतिस्पर्धा गर्दैछन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धका दुई खेलमध्ये एउटामा हार र अर्कोमा जित निकालेर बंगलादेश यात्रामा निस्केको क्रिकेट टोलीका लागि आजको नतिजा महत्वपूर्ण हुनेछ ।
बंगलादेशसँग हार्दा टोलीको नेसेन्स कपको यात्रा टुंगिन सक्छ भने जितेमा सेमिफाइनलको सम्भावना जीवित रहन्छ । बंगलादेश जस्तो टेस्ट मान्यता प्राप्त राष्ट्रको यू २३ टोलीलाई हराउन सकेपनि त्यो नेपाली क्रिकेटका लागि ठूलो सफलता हुनेछ ।
नियमित कप्तान पारस खड्का, सिनियर खेलाडी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीलाई आराम दिएको प्रतियोगितालाई नेपालले युवा खेलाडीलाई एक्सपोजरका रुपमा हेरेको छ । नेसन्स कपमा सफलता प्राप्त गर्न नसकेपछि यो प्रतियोगिताको अनुभवले भविष्यमा नेपाली टोलीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
आज साँझ नेपाली समय अनुसार ५ः४५ मा फिलिपिन्सविरुद्ध उत्रदै नेपालले एसियन कप फुटबल छनोटअन्तर्गत समूह चरणको यात्रा प्रारम्भ गर्दैछ । विश्व कप र एसियन कप एकै मनिएको छनोटको पहिलो चरणमै बाहिरिएको नेपालले गत कार्तिकमा एएफसी सोलिडारिटी कप जितेपछि एकै पटक तेस्रो चरणमा खेल्ने मौका पाएको थियो ।
सोलिडारिटी कपको विजेता र ग्वामले छनोट खेल्न नपाएका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई छनोट चरण खेल्ने मौका फेरी एक पटक दिएको थियो । यस्तो मौका नेपालले सधै पाउछ भन्ने छैन । झन्डै दुई बर्षयता उमेर समूह र राष्ट्रिय टोलीले गरि चार उपाधि जितेको नेपालका लागि एसिया कप छनोटको तेस्रो चरण अहिले सम्मकै ठूलो प्रतिस्पर्धाका रुपमा रहेको छ ।
यद्दपी यो समूहमा रहेका फिलिपिन्स, यमन र ताजकिस्तानलाई हराउनु नेपालका लागि सहज भने हुने छैन । फुटबलको वरियतामा यी तीनै राष्ट्र नेपालभन्दा माथि रहेका छन् । तथापी होम एन्ड अवेका रुपमा रहेको छनोटअन्तर्गत एक बर्ष भित्र ६ खेल खेल्न पाउनु नेपालका लागि राम्रो अवसर मानिएको छ ।
नेपाली त्यो टोलीमा पर्दछ जसले कहिले काही बर्षभरी कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेल्न पाउँदैन । अन्तर्राष्ट्रिय खेलका लागि साफ च्याम्प्यिनसिप नै कुर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तोमा नेपालले एसियन कप छनोट खेल्न पाउनु आफैमा सुखद विषय भने पक्कै हो ।
त्यसो त फिलिपिन्स नेपालका लागि कठिन प्रतिद्वन्द्वि रहँदै आएको छ । ३५ बर्षयता नेपालले फिलिपिन्सलाई हराउन सकेको छैन । सन् १९८२ मा फिलिपिन्सलाई १–० ले हराएको नेपालले त्यसपछिका तीनै खेल गुमाएको छ । २०११ को अक्टुबरमा ४–० तथा २०१४ को अप्रिल र अक्टुबरका दुई खेलमा नेपालले समान ३–० को नतिजा सुम्पेको थियो । झन्डै तीन बर्षपछि फिलिपिन्सविरुद्ध उसैको मैदानमा नेपालले सफलता प्राप्त गर्न सके त्यो नेपाली फुटबल इतिहासकै ठूलो सफलता हुनेछ ।
उता माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले कम्तीमा कास्य पदक पक्का गरिसकेको छ । तर, अझै त्यो भन्दा ठूलो सफलताको सम्भावनाका लागि आज टोलीले प्ले अफमा कीर्गिस्तानको सामना गर्दैछन् । सन् १९७६ मा पाकिस्तानमा भएको भलिबलमार्फत अन्तर्राष्ट्रिय भलिबलमा यात्रा सुरु गरेको नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।
आजको खेलमा कीर्गिस्तानलाई हराउन सके नेपालले कम्तिमा रजत पदक जित्ने छ । तुर्किमिस्तिान यसअघि नै फाइनल पुगिसकेकाले राउन्ड रोविनको दोस्रो कीर्गिस्तान र तेस्रो नेपालले आज पुनः प्ले अफ खेल्दैछन् । यद्दपी लिग राउन्डमा नेपालले कीर्गिस्तानसँगको खेल सोमबार ३–० ले गुमाएको थियो ।
आज खेलिरहेका र खेल्ने तीनै खेलमा प्रतिद्वन्द्वि नेपालभन्दा उत्कृष्ट मानिन्छन् । तर, खेल नै एउटा त्यस्तो माध्यम हो, जहाँ कहिले काही बलियो भनेका राष्ट्र कमजोर मानिएकासँग माथ खान्छन् । नेपालका तीनै टोलीलाई सफलताको शुभकामना ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]