default_image

9 years ago

October 4, 2015

थ्री स्टार ५-० लुम्बिनी एफसी

111 views

0 Bookmark

काठमाडौं, असोज १७ गते
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लबले लुम्बिनी एफसी लाई ५-०  ले पराजित गर्‍यो ।

Jagajeet shrestha

आज थ्री स्टार क्लब प्रतिबन्धित कप्तान सागर थापा बिनानै मैदानमा उत्रेको थियो भने लुम्बिनी एफसिले पनि यु-१९ छनोटको लागि ईरान गएका कमल श्रेष्ठ र बिश्वास श्रेष्ठ बिनानै खेलेको थियो ।

खेलको सुरुवातबाट नै खेल एकपक्षिय देखिएको थियो । निरन्तर प्रायस गरेको थ्री स्टार क्लबले २६औं मिनटमा अफिजको गोल मार्फत आग्रता लिएको थियो र त्यस्को तीन मिनट पश्चातनै जगजीतको पासलाई सदुपायोग गर्दै अमर डंगोलले थ्री स्टारको आग्रता दोब्बर बनाए । पहिलो हाल्फको बांकी समय पनि थ्री स्टारले खेल नियन्त्रणमा लिएको थियो ।

दोस्रो हाल्फको सुरुवात बाटनै थ्री स्टार झान आक्रमक देखिएको थियो र ५८औं मिनटमा जगजीतले गोल गर्दै खेल ३-० बनाए, त्यस्को ४ मिनट पछीनै अफीजले अमरको पासमा गोल गर्दै बेक्तिगत दोस्रो र थ्री स्टारको चौथो गोल गरे ।  जगजीतले ७७औं मिनटमा थप गोल गर्दै ५-० बनाए र खेल ५-० मै अन्त्य भयो ।

खेलको म्यान अफ द म्यात्च जगजीत श्रेष्ठ भए । यो खेल पछी थ्री स्टार लिगको पहिलो स्थानमा पुगेको छ, १३ खेल खेलेको पटने क्लबको २६ अंक भएको छ ।

February 24, 2025

दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

Success

Thank you for your time.