default_image

8 years ago

March 26, 2017

विश्वकप छनोटमा जर्मनीको उत्कृष्ट प्रदर्शन जारी

114 views

0 Bookmark

बाकु (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘सी’को खेलमा जर्मनीले अजरबैजानलाई ४-१ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ। जितसंगै जर्मनीले छनोट चरण पाँच खेलमा पाँचौ जित दर्ता गर्यो।

germany-gomez-30-goals

खेलको १९औं मिनेटमा आन्द्रे सर्लले जोनास हेक्टरको पासलाई सदुपयोग गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए तर खेलको ३१औं मिनेटमा डिमित्रीज् नाजारोभले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए त्यसको पाँच मिनेट नबित्दै बायर्न म्युनिखका स्टार थोमस मुल्लरले गोल गर्दै जर्मनीलाई पुन अगाडी बढाए मुल्लरले आन्द्रे सर्लको पासमा गोल गरेका थिए

पहिलो हाफको अन्तिम मिनेटमा मारियो गोमेजले जोसुआ किमिचको पासलाई गोलमा परिणत गर्दै जर्मनीलाई ३-१ले अगाडी बढाए गोमेजको यो अन्तराष्ट्रिय करियरमा जर्मनीको लागि ३०औं गोल थियो उनि यो रेकर्ड बनाउने १५औं खेलाडी बनेका थिए

खेलको ८१औं मिनेटमा आन्द्रे सर्लले पुन: जोनास हेक्टरको पासमा गोल गर्दै खेललाई ४-१को स्थितिमा पुर्याए

५ खेलमा १५ अंक जोडेको जर्मनी समूह ‘सी’को शिर्षस्थानमा रहेको छ

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.