10 years ago
October 4, 2015
काठमाडौं, असोज १७ गते ।
आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मीले मोरङलाई ७-०को भारी अन्तरले पराजित गरेको छ । आर्मीको लागि नवयुग श्रेष्ठले ह्यट्रीक गरेका थिए । खेलको म्यान अफ द म्यात्च राजु तामाङ भए ।
पहिलो हाल्फ बाटै एकतर्फी भएको खेल मा आर्मीले ४औं मिनटमानै नवयुगको पासमा भरत खवासको गोल मार्फत आग्रता लियो र १९औं मिनटमा भरतले नै २-० को आग्रता दिलाए, आफैले प्रहार गरेको बल पोस्टमा लगेर फर्के पछी फेरी प्रहर गर्दै भरतले २-० बनाए । पहिलो हाल्फमा पाँच मिनट बाकिं हुँदा टंक बस्नेतले गोल गर्दै ३-० बनाए । सो पश्चात पहिलो हाल्फम अरु गोल भएन ।
दोस्रो हाल्फमा नवयुग श्रेष्ठले तीन गोल गर्न सफल भए, उन्ले ४९औं, ५४औं र ८७औं मिनटमा गोल गर्दै ह्यट्रीक पुरा गरेका थिए । आर्मीको लागि अर्को गोल तेक बहादुर बुदाथोकिले ५६औं मिनटमा गरेका थिए ।
यो नतिजाले आर्मी लिगको पहिलो स्थानमा पुग्न सफल भएको छ । पहिलो स्थानमा रहेको झापा दोस्रो स्थानमा पुगेको छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]