8 years ago
March 26, 2017
अजरबैजान (एजेन्सी)–विश्व कप युरोपेली छनोट चरणअन्तर्गत आज जर्मनीले अजरबैजानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ ।
समूह ‘सी’ जर्मनी शीर्षस्थान र अजरबैजान तेस्रो स्थानमा छ ।
यसअघि शत प्रतिसत नतिजा निकालेको जर्मनीको जर्मनीको १२ अंक छ । अजरबैजान ७ अंक छ । अजरबैजानले ४ खेलमा २ जित, १ हार र १ बराबरीको नतिजा निकालेको छ ।
युरो कपको सेमिफाइनलमा २–० को पराजय भोगेको जर्मनीले त्यसयता कुनै गोल खाएको छैन । छनोट चरणको ४ खेलमा १६ गोल गरेको जर्मनी विरुद्ध उत्रदा घरेलु टोलीले कडा चुनौतीको सामना गर्नु पर्नेछ ।
नौ समुह रहेका युरोपेली छनोटमा हरेक समूहको शीर्ष टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । त्यस्तै ९ समूहका उत्कृष्ट ८ उपविजेताले पनि विश्व कपमा प्रवेश पाउनेछन् ।
अन्य खेलहरु
समूह‘सी’– सान मारिनोविरुद्ध चेक रिपब्लिक , नर्दन आयरल्यान्डविरुद्ध नर्वे
समूह‘इ’– अर्मेनियाविरुद्ध काजकस्थान , मोन्टेनिग्राविरुद्ध पोल्यान्ड , रोमानिया विरुद्ध डेनमार्क
समूह‘एफ’– लिथुआनियाविरुद्व इङ्ल्यान्ड , माल्टाविरुद्ध स्लोभाकिया , स्कटल्यान्डविरुद्ध स्लोभेनिया
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]