8 years ago
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा १० स्थान माथि उक्लदै ९५ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । फिफा वरियताको ५६ औं स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा रहको छ ।
भारतले गत बर्ष लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको थियो । सुरुआती तीन संस्करणको उपविजेता नेपाल गत बर्ष भने सेमिफाइनलमा नै पराजित भएको थियो । नेपालको पुरुष टोलीले भने फिफा वरियताको १ सय ७० औं स्थानमा रहेको छ । जर्मनी महिला वरियताको शीर्षस्थानमा छ भने अमेरिका दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]