default_image

8 years ago

March 24, 2017

पौलिन्होको ह्याट्रिकमा ब्राजिलद्वारा उरुग्वे पराजित

96 views

0 Bookmark

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट अन्तर्गत ब्राजिलले १ गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै उरुग्वेलाई ४-१ले पराजित गरेको छ

neymar

खेलको ८औं मिनेटमा एडिन्सन कभानीको पेनाल्टी गोलको मद्दतले उरुग्वे खेलमा अगाडी बढेको थियो तर, पौलिन्होले १८औं मिनेटमै खेललाई बराबरीमा ल्याए दोश्रो हाफको सुरुवातमै पौलिन्हो पुन: गोल गर्दै ब्राजिलललाई अग्रता दिलाएका थिए

खेलको ७५औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई ३-१ले अगाडी पुर्याएका थिए जारी विश्वकप छनोटमा अहिलेसम्म घरेलु मैदानमा नहारेको उरुग्वेको पराजय पक्का गर्न पौलिन्होले ९०औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गर्दै ४-१को जित सुनिश्चित गरे

जितसंगै ब्राजिलले शीर्ष स्थानमा आफ्नो पकड बलियो पारेको छ १३ खेलमा ३० अंक जोडेको ब्राजिल दोश्रो स्थानमा रहेको उरुग्वेभन्दा ७ अंक अगाडी छ

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.