10 years ago
August 14, 2015
उन्नाइस वर्ष मुनिको नेपाली फुटबल टिमका कप्तान बिमल घर्ती मगर नेपाल फर्केका छन् ।
बिमल वेल्जियमको फुटबल क्लव ‘क्लब ब्रुज के.के.भी.’मा प्रशिक्षण गर्न गएका थिए । करिब ५ हप्ता उनले बेल्जियमको प्रतिष्ठित क्लबमा प्रशिक्षण गरेका थिए। यो बिमलको युरोपमा तेश्रो अभ्यास हो । बिमलले यसअघि गएको मंसिरमा नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब एफसी ट्वेन्टेमा ट्रायलका साथै १२ दिन प्रशिक्षण लिएका थिए भने बेल्जियमकै अर्को क्लब ‘आर.एस.सी आन्द्रेले’ बाट पांच हप्ता प्रशिक्षण साथै एक अन्तराष्ट्रिय प्रतियोगितामा सभागिता जनाएका थिए। नेपाल आउनासाथै बिमल ‘अन्डर-१९’टोलीमा सहभागी हुनेछन| आगामी भद्र तिन देखि नेपालमै हुने प्रथम साफ यु-१९ प्रतियोगितामा विमलले टिम कप्तानको भूमिका निर्वाह गर्नेछन्| यसका साथै आगामी भाद्र १४ गते भारतसंग पुनेमा हुने मैत्रीपुर्ण खेलमा पनि बिमलको सहभागिता रहने लगभग पक्का भएको छ| यु-१९ टिमको अन्तिम छनोट केहि दिनमा हुने कुरा जानकारीमा आएको छ भने राष्ट्रिय टिमको छनोटमा ३० खेलाडी मात्र बाकीं रहने छन्|
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]