8 years ago
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १० दिन मात्र बाँकी छ।
चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा खेलाडीलाई प्रशिक्षण दिएरहेको छ। अन्तिम छनोटमा रहेका २० खेलाडीले आइतबारबाट पुनः प्रशिक्षण सुरु गर्नेछन।
कात्तिकको अन्तिममा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि छनोट चरण खेल्ने मौका पाएको नेपाल समूह ‘एफ’ मा फिलिपिन्स, यमन र ताजिकिस्तानसँग रहेको छ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]