10 years ago
October 2, 2015
एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड दिएका थिए । कार्डको प्रतिबाद गर्दै सागरले रेफ्री लामालाई आपशब्द प्रयोग गरेका थिए ।
खेल समर्थक, मिडिया कर्मी लगायत सबैले सुने पनि रेफ्री लामाले भने त्यस घटनालाई कुनै प्रतिक्रिया दिएनन् र खेललाई निरन्तरता दिए।
रातो कार्डबाट बचे पनि यसघि रेफ्री महतलाई धक्का दिदानि बचेका थापा , महेश विष्ट संयोजकत्वको अनुशासन समितिबाट यस्पल्ट भने बचेनन । उनलाई कार्बाही स्वरुप २ खेल प्रतिबन्ध लगाइएको छ । दुइ पहेलो कार्ड पाएको सगरले १ खेल यतिकै खेल्न नपाउने थिए ।
सागरले रेफ्रीलाई ७९ औं मिनेटमा गरेको दुव्र्यवहारपछि प्रशिक्षक केसी आफैं पनि टच–लाइनमा आक्रोशित देखिएका थिए।
त्यसै गरी रेफ्री लामालाई आन्तरीक कारबाही गर्ने निर्णय गरेको छ |
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]
April 10, 2025
एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]
April 10, 2025
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे। ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह […]