default_image

8 years ago

March 17, 2017

एएफसी यू २३ च्याम्पियनसिप छनोटको ‘ड्र’ आज, नेपाल पनि सहभागी

62 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी)–अर्को बर्ष चीनमा आयोजना हुने एएफसी यू २३ च्याम्प्यिनसिप फुटबलको छनोट चरणको ड्र अबको केही समयमा मलेसियाको क्वाललम्पुरस्थित एएफसी हाउसमा हुँदैछ । छनोट चरणमा नेपालसहित एसियाली फुटबल महासंघ (एएफसी) का ४० सदस्य राष्ट्र रहेका छन् ।

u23_trophy_8x4

एएफसीको आधिकारिक वेभसाइटका अनुसार सहभागी टोलीलाई १० समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । राउन्ड रोविन लिगपछि हरेक समूह विजेता स्वतः अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै १० समूहका उत्कृष्ट ५ उपविजेता टोलीले पनि अन्तिम चरणमा प्रवेश पाउनेछन् । समूह चरण जुलाई १९ देखि २३ सम्म आयोजना हुनेछ ।
आयोजकका नाताले स्वतः अन्तिम चरणमा प्रवेश पाउने भएपनि चीनले पनि समूह चरणमा प्रतिस्पर्धा गर्ने जनाएको एएफसीले जनाएको छ । चीन समूह चरण विजेता वा उत्कृष्ट ५ उपविजेता भित्रमा पर्न सफल भएमा उपविजेतामध्ये शीर्ष ६ मा पर्ने टोलीले पनि अवसर पाउनेछ ।

गत बर्ष कतारमा सम्पन्न एएफसी यू २३ च्याम्प्यिनसिपको प्रदर्शनका आधारमा एएफसीले वरियता क्रम तोकेको छ । ४० सहभागी टोलीलाई पश्चिम, दक्षिण र मध्यलाई गरि पश्चिम क्षेत्र र पूर्व र आसियन गरि पूर्वका आधारमा वरियता निर्धारण गरेको छ । दुई समूहमा समान २० टोली छन् ।

वरियताका क्रममा नेपाल पश्चिम क्षेत्रको १९ औं स्थानमा रहेको छ । नेपालपछि २० औं स्थानमा तुर्किमिनिस्तान रहेको छ । उक्त समूहमा इराक शीर्षस्थानमा छ भने कतार दोस्रो स्थानमा छ । पश्चिमको समूह चरण कतार , युएइ, प्यालेस्टान साउदी अरेबिया र कीर्गिस्तानमा हुनेछ । पूर्व क्षेत्रको वरियतामा जापान शीर्ष र उत्तर कोरिया दोस्रो स्थानमा छ । पूर्व क्षेत्रको समूह चरण दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, म्यानमारमा हुनेछ ।

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

Success

Thank you for your time.