8 years ago
March 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १२ दिन मात्र बाँकी छ।
चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा खेलाडीलाई प्रशिक्षण दिएरहेको छ। दोस्रो चरणको छनोटपछि २७ खेलाडीले सोमबारबाट पुनः प्रशिक्षण सुरु गरेका छन् ।
कात्तिकको अन्तिममा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि छनोट चरण खेल्ने मौका पाएको नेपाल समूह ‘एफ’ मा फिलिपिन्स, यमन र ताजिकिस्तानसँग रहेको छ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]