8 years ago
March 16, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताका विधागत पुरस्कार फाइनल पुग्ने दुई टोली अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटका खेलाडीले जितेका छन् ।
अग्नी रुपन्देही ११ का अमर डंगोल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अमरले सुजुकीको मोटरसाइकल जितेका छन् । उत्कृष्टमध्ये रुपन्देहीका मौउसका उत्कृष्ट रक्षक र गौरव बुढाथोकी उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै संकटाका अजय महर्जन उत्कृष्ट गोलकिपर, मार्टिन्स अजयी उत्कृष्ट फरवार्ड र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]