8 years ago
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत अन्तिम खेलमा आयोजक श्रीलंका र नेपालको खेल बर्षाका कारण पुरा हुन सकेन।
पहिलो हाफको ३७औं मिनेटमा खेल चलिरहँदा रेफ्रीले खेल रोक्ने निर्णय लिएका थिए। मौसममा सुधार नआएपछि खेल रद्द भएको थियो।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७-१ले पराजित गरेको थियो भने दोश्रो खेलमा जापानसंग ९-०को हार व्यहोरेको थियो।
नेपाली टोली भोली स्वदेश फर्कने कार्यक्रम रहेको छ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]