default_image

8 years ago

March 13, 2017

चेल्सीविरुद्धको एफए कप क्वार्टरफाइनलमा रुनी नखेल्ने

58 views

0 Bookmark

लन्डन (एजेन्सी)– चेल्सीविरुद्धको एफए कप क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग कप्तान वायने रुनीको साथ हुने छैन । आज राती नेपाली समय अनुसार १ः३० बजे चेल्सीसँग खेल्दा रुनीमात्र होइन टोलीमा अन्य परिचत स्ट्राइकर पनि हुने छैनन् ।

म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी

म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी

अभ्यासका क्रममा फिल जोन्ससँग ठोक्किएर खुट्टामा चोट लागेका कारण रुनीले अन्तिम आठको खेल गुमाउनु पर्ने भएको हो । त्यस्तै बोर्नमाउथका ट्योरेन मिग्सलाई कुहिनाले हानेका कारण ज्लाटान इब्राहिमाभिक तीन खेलको प्रतिबन्धमा छन् । फरवार्ड एन्थोनी मार्सियल र सन्चो नभएका कारण मार्कुस रासफोर्ड पनि टोलीमा हुने छैनन् ।

तर चेल्सी प्रशिक्षक एन्टोनीयो कोन्टेसँग भने शतप्रतिशत टोली साथमा छ । चोटका कारण रुनीले सोमबार पुरा समय अभ्यास गर्न सकेनन् । जसका कारण ३१ बर्षे रुनी बिहीबार युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगका लागि रसिया नजान सक्छन् ।

यद्दपी जर्मनीसँग मार्च २२ मा हुने मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २६ मा लुथुवानीयासँग हुने विश्व कप छनोटमा भने इङ्ल्यान्ड प्रशिक्षक गारेथ साउथगेटको टोलीमा कप्तान रुनी रहने अपेक्षा गरिएको छ । युनाइटेडका लागि कीर्तिमानी सर्वाधिक गोल गरेका रुनी फेब्रुअरी यता एउटा खेलमा मात्र सामेल भएका थिए । ओल्ड ट्राफोर्डबाट उनी चीन जाने हल्ला पछिल्लो महिना चर्चामा थियो ।

चेल्सीका प्रशिक्षक कोन्टले म्यानचेस्टर युनाइटेड जस्तो राम्रो टोलीसँगको खेल कठिन हुने बताएका छन् । उनले भने ‘हामी फेवरेट हुन सक्छौ । तर त्यो शब्दमा होइन मैदानमा देखाउन जरुरी छ ।’

युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले टोलीमा जत्ति नै समस्या भएपनि यू २३ टोलीका खेलाडी लान नसकिने बताएका थिए । युनाइटेड एएफए कपको साविक विजेता पनि हो ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.