default_image

8 years ago

March 12, 2017

नेपालगञ्ज गोल्ड कपमा रुपन्देहीविरुद्ध मुख्य खेलाडी विना उत्रदै मनाङ

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ ।

rupandahi-vs-mmc
बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भएका थिए । शेख कमल कप कप्तान अनिल गुरुङ, सुजल श्रेष्ठ, रोहित चन्द, विराज महर्जन, विशाल श्रेष्ठ, कमल श्रेष्ठ, हेमन्त थापामगर, विमल बस्नेत, विक्रम लामा र देवेन्द्र तामाङले खेलेका थिए । विक्रम र देवेन्द्रबाहेक ८ मनाङका आफ्नै खेलाडी हुन् । दुई दिनअघिको छनोटमा हेमन्त नपरेपछि उनी भने नेपालगञ्ज पुगिसकेका छन् ।

जारी सिजनमा मनाङ घरेलु टोलीको सर्वाधिक सफल टोलीमध्येको एक हो । मनाङ, त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाले समान ३ नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेका थिए ।  पुसमा प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टोली पुनः सम्हालेयता मनाङ छैटौं प्रतियोगिताका रुपमा नेपालञ्ज गोल्डकप खेल्ने तयारीमा छ ।

४ वटा घरेलु नकआउटको फाइनल खेल्दा ३ उपाधि जितेको मनाङ शेख कमलको सेमिफाइनल सम्म पुगेको थियो । पुसमा हेटौडा गोल्डकप फाइनल खेलेको मनाङले त्यसपछि लगातार सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, आहा रारा गोल्डकप र रमपम झापा गोल्ड कप जितेको थियो । त्यसलगत्तै टोली बंगलादेश पुगेको थियो ।

उता रुपन्देहीले उदयपुर गोल्डकपको उपाधि जितेको थियो भने टोली तिलोत्तमा गोल्डकपको सेमिफाइनल पुगेको थियो । मनाङ र रुपन्देही सिजनमा पहिलो पटक एकअर्काविरुद्ध उत्रने तयारीमा छन् । ‘हामीसँग पुरा टोली छैन । तर पनि केही अन्य क्लबका खेलाडी यो प्रतियोगिताका लागि बोलाएका छौं’ मनाङका प्रशिक्षक गुरुङले भने, ‘हेमन्त फर्केका छन्, टोलीका अन्य खेलाडी पनि छन् नै । राम्रै प्रतिस्पर्धा हुने विश्वास छ । ’

बाँके जिल्ला फुटबल संघका आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

Success

Thank you for your time.