default_image

8 years ago

March 11, 2017

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

45 views

0 Bookmark

मिडल्सब्रो (एजेन्सी) – म्यानचेस्टर सिटी चार बर्षयता पहिलो पटक एफए कपको सेमिफाइनल पुगेको छ । मिडल्सब्रोलाई उसकै मैदानमा २–० ले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो । 

city

खेलको तेस्रो मिनेटमा पौलो जाबालेटाले दायाँबाट दिएको क्रसमा सिक्स यार्डबाट गोल गर्दै डेभिड सिल्भाले सिटीलाइ अग्रता दिलाएका थिए । मिडल्सब्रोका गोलकिपर गुजानले उत्कृस्ट प्रदर्शन गर्ने क्रममा साने , सर्जियो अग्वेरो र सिल्भालाई गोल गर्नबाट रोकेबाट रोके ।

तर,पनि ६७ औं मिनेटमा सानेको क्रस सदुपयोग गर्दै अग्वेरोले गोल गरेपछि सिटीले वेम्ब्लीमा हुने सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिटीले बुधबार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा मोनाकोको सामना गर्दैछ । पहिलो लेगमा सिटीले ५–३ को अग्रता लिएको थियो ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.