8 years ago
March 10, 2017
सौरभ गिरी
नेपालगंज– नेपाल पुलिस क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खराब मौसमका कारण ८० मिनेट मात्र खेलाइएको खेलमा आयोजक नेपालगञ्ज ११ लाई २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो ।
नेपालगञ्ज रंगशालामा पुलिसले पहिलो हाफमै २–० को अग्रता लिएर खेलमा पकड बनाएको थियो । पुलिसका लागि हरि कठायत र भरत शाहले गोल गरे । दुवै गोलमा भरतको भूमिका रह्यो । भरतको पासमा हरिले ३४ औं मिनेटमा गोल गरेका थिए । भरतले ३७ औं मिनेटमा गोल गरे ।
दोस्रो हाफमा नेपालगञ्जले खेलमा फर्कने संकेत गर्यो । टोलीका लागि ६२ औं मिनेटमा रेगिज सुब्बाले गोल फर्काए । तर, त्यसपछि टोलीले बराबरीको अवसर पाएर पनि गोल गर्न सकेन । ७५ औं मिनेटमा रेजिगको फ्रिकिक पुलिसका गोलपिकरले रोके । खेलको म्यान दी म्याच घोषित रेगिजले लेनोभको मोबाई प्राप्त गरे ।
पहिलो दिन भारतको दिल्ली युनाइटेडलाई १–० ले हराउँदै साविक विजेता सुदूरपश्चिमाञ्चल सेमिफाइनल पुगेको थियो । चैत ४ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ । प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ ।
टुबोर्ग नेपालगन्ज गोल्ड कपमा शनिबारको खेल
एपिएफविरुद्ध सिएमजी क्लब संकटा
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]