10 years ago
October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे|
राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए
आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र तामाङको भनाई लिने हो भने भरत खवासले खेलको सुरुवातमा जगजितमाथि गरेको फल रेड कार्ड दिनलायक थियो|
तामाङले भने, ” आजको रेफ्रि थ्रि स्टार र आर्मीको खेलमा रेफ्री गर्न सक्षम छैनन्| यस्तो ठुलो खेलमा अनुभवि रेफ्री हुनुपर्ने थियो| हामी मात्र हैन, हाम्रो विरुद्ध पनि धेरै गल्ति भएको छ| किपरले बक्स बाहिर आएर समाएको बललाई पनि रेफ्रिले फल दिएनन्|”
यस्तै आर्मीका प्रशिक्षक मेघराज केसीेले भने रेफ्रिले सबै खेलाडीहरुलाई समान रुपमा नहेरेको दावी गरे| “मैदानमा पसेपछि सबै खेलाडीलाई समान व्यवहार गर्नुपर्छ| मेसीले नेपालको कुनै तल्लो लिगको टिमसंग खेलेपनि उनलाई र अर्को टोलीको खेलाडीलाई उहि नियम लागु हुन्छ,” केसीले थपे|
राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए| स्वयं थ्रि स्टारका प्रशिक्षकले पनि नियमानुसार रेफ्रिले रेड कार्ड दिनुपर्ने कुरा स्विकारे|
आर्मी प्रशिक्षक केसीले खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा रेफ्रिले खेलाडी हेरेर निर्णय दिएको बताए| “एन्फाले कि त केहि खेलाडीको नामवली दिएर सो बमोजिम ति खेलाडीलाई केहि नियम नलाग्ने बताउनुपर्यो, नत्र कोहि खेलाडीलाई गल्ति गर्दा कार्ड नदिने र कोहिलाई वित्थामा कार्ड दिने कुरा सह्य भएन,” केसीले थपे |
पत्रकारले केसी स्वयंले केहि शब्द प्रयोग गरेको कुरा सोध्दा उनले एकजनाले बोल्न हुन्छ भने हामीले किन नहुने भने| “एक खेलाडीले उनलाई त्यहि भनेर बोलाउँदा चुप बस्छन् भने हामी किन नबोलाउने| छुट लाग्ने ठाउँमा हामीले पनि बोल्दा हुने नै होला”, उनले थपे|
एन्फाले आजै निकालेको खेल तालिका प्रति पनि केसीले असन्तुष्टि व्यक्त गरे|
“थ्रि स्टारले यो लिगमा एक दिन मात्र खालि पारेर जम्मा एक खेल खेल्नु थियो, तर एन्फाले आज निकालेको तालिकामा त्यो पनि परिवर्तन भएछ| आर्मीले दुई दिनमा पुर्वदेखि पश्चिम २५ घण्टा गाडीमा यात्रा गरेर, गाडीबाट उत्रनासाथ पनि खेल खेलेको छ| मनाङ र थ्रि स्टारसंग खेल्दा हामीले एकदिन मात्र विश्राम पायौं| तालिका बनाउँदा कसैलाई फाइदा र घाटा हुन भएन,” केसीले भने|
राष्ट्रिय टोलीको कप्तानले खेल मैदानमा यस्तो व्यवहार देखाउनुमा तपाईंको प्रतिक्रिया के छ? तल लेख्नुहोस
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]
April 10, 2025
एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]