default_image

8 years ago

March 9, 2017

अलोन्सोको सिजनको अन्त्यबाट सन्यास लिने

67 views

0 Bookmark

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखका मिडफिल्डर जाबी अलोन्सोले सिजनको अन्त्यबाट खेल जीवनबाट सन्यास लिने सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । केहि समय यता सन्यासको चर्चा चलेपनि उनले बिहीबार ट्विटमार्फत पुष्टि गरेका छन् । 

xabi-alonso

३५ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सो रियल सोसिडाडबाट लिभरपुल , रियल मड्रिड हुदै बायर्न म्युनिखबाट व्यावसायिक खेल जीवन अघि बढाएका थिए ।

सन् २००४ बाट लिभरपुलमा आबद्ध भएका अलोन्सोले त्यहाँ एफए कप , सुपर कप , कम्युनिटी सिल्ड र पहिलो सिजनमा ऐतिहासिक पुनरागमनसंगै च्याम्पियन्स लिग जितेका थिए । रियलसँग २००९ मा आबद्ध अलोन्सोले त्यहाँ च्याम्पियन्स लिग र ला लिगा उपाधि जितेका थिए ।

२०१४ यता बायर्नमा रहेका उनले जर्मनको राजधानी स्थित क्लबका लागि २ लिग उपाधि जितिसकेका छन् । जारी सिजनमा पनि बायर्न ७ अंकको अग्रतासहित शीर्षस्थानमा रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.