8 years ago
March 3, 2017
चितगोङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ)ले उत्कृष्ट प्रदर्शन गरेपछि माल्दिभ्सको टि.सी. स्पोर्ट्स क्लबले शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि जितेको छ।
शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि थप गरिएको ३० मिनेटमा गोल नभएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
किरणले पोचीओन सिटिजनको दुइ पेनाल्टी प्रहार रोकेका थिए। टाइब्रेकरमा कोरियाली टोलीको पहिलो र चौथो प्रहरलाइ किरणले रोकेका थिए भने टि.सी स्पोर्ट्सको सबै प्रहर गोलमा परिणत भएको थियो। यस जितसंगै टि.सी स्पोर्ट्सले ३०,००० अमेरिकी डलर प्राप्त गरेको छ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]