default_image

8 years ago

March 3, 2017

कर्पोरेट क्ल्यास उपाधिको लागि सिटिजन्स र आइसीएफसी भिड्ने

59 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा गत शुक्रबारदेखि जारी कर्पोरेट क्ल्यास २०१७को  फाइनल खेलमा सिटिजन्स बैंक र आईसीएफसी भिड्ने भएका छन्

corporate-clash-2017-semifinal

आज भएको पहिलो सेमिफाइनल खेलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौँ लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। पहिलो ब्याटिङ गरेको सिटिजन्सले निर्धारित १२ ओभरमा ३ विकेट गुमाउदै ९४ रन जोडेको थियो। ओपनर सुमन पोखरेलले ४० बलमा ७ छक्काको मद्दतले ६४ रन बनाएका थिए।

९५ रनको लक्ष्य पछ्याएको बिओकेएल भने ११.१ ओभरमा अलआउट भयो। उसका लागि ओपनर द्वय प्रमथ शाह (२०) र किरण थापा (१४) बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। विजयी टोलीका लागि आक्रामक ब्याटिङ गरेका सुमन पोखरेलले बलिङमा पनि एक विकेट लिदै म्यान अफ द म्याच घोषित भएका थिए।

दिनको दोश्रो सेमीफाइनलमा पनि पहिलो ब्याटिङ गर्ने टोली विजय हासिल गर्दै फाइनल पुगेको थियो। निर्धारित १२ ओभरमा अलआउट हुदै ८५ रन जोडेको आईसीएफसीले माछापुच्छ्रे बैंकलाइ ५७ रनमा रोक्दै २८ रन्को विजय हासिल गर्यो। आइसीएफसी समिर क्षेत्रीले दोश्रो इनिङमा ३-०-३-३को उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि जित सम्भव भएको थियो। ब्याटिङमा पनि १४ रनको महत्वपूर्ण योगदान दिएका समिर खेलको म्यान अफ द म्याच भए।

प्रतियोगिताको फाइनल खेल आइतबार दिनको ३:०० बजे गल्फुटार स्थित रोयल केसिटिसी इन्डोरमा हुनेछ

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.