8 years ago
March 2, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती पाँचौं चरणको खेलमा हुडरफिल्ड टाउनलाई ५–१ ले हराउँदै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो । यसअघि यी दुई टोलीको खेल गोलरहित बराबरीमा टुंगिएपछि पुनः प्रतिस्पर्धा भएको थियो ।
१–० ले पछि परेको खेल उल्टाउँदै सिटीले अन्तिम आठको यात्रा तय गरेको थियो । सिटीका लागि अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले २ गोल गरेका थिए । हारी बुनको गोलबाट हुडरफिल्डले अग्रता लिएपनि ३० औं मिनेटमा लेरोय सानेले बराबरी गोल फर्काएका थिए । ३५ औं मिनेटमा अगुइरोले पेनाल्टीमार्फत गोल गरे ।
पाब्लो जाबालेटाले ३८ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा सिटीले ३–१ को अग्रता लिउको थियो । रहिम स्टर्लिङको क्रसमा अगुइरोले ७३ औं मिनेटमा गोल गरे भने केलिचे इनाचोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै सिटीको जितलाई सहज बनाए । सिटीले क्वार्टरफाइनलमा अब मार्च ११ मा प्रिमियर लिग प्रतिद्वन्द्वि मिडल्सब्रोको सामना गर्नेछ ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]