8 years ago
March 2, 2017
बार्सिलोना (एजेन्सी)– लुइस इन्रिकेको बार्सिलोनालाई घरेलु मैदानमा लगातार पाँचौं जित दिलाउने क्रममा स्टारत्रय लुइस स्वारेज, लियोन मेस्सी र नेमारले गोल गरेका छन् । स्पेनिस ला लिगाअन्तर्गत गए राती क्याम्प नोउमा स्पोर्टिङ गिजोनमाथि ६–१ को जित निकाल्दै बार्सिलोनाले उपाधि दौडलाई मजबुद बनाउँदै लगेको छ ।
बार्सिलोनाले सहज जित निकालेको केही घन्टापछि उपाधि दौडको मुख्य प्रतिस्पर्धी रियल मेड्रिड लास पाल्माससँग ३–३ को बराबरीमा रोकिएको थियो । जसका कारण बार्सिलोना ५७ अंकसहित शीर्षस्थानमा रहन सफल हुँदा १ अंक कम भएको रियल दोस्रो स्थानमा छ । यद्दपी बार्सिलोनाले २५ खेल खेलिसक्दा रियलले एक खेल कम खेलेको छ ।
मेस्सीले पहिलो गोल गरेको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । मेस्सीले नौं मिनेटमा गोल गरे भने त्यसको दुई मिनेटपछि नै हुवा रोड्रिग्युजको आत्मघाती गोल गरे । २१ औं मिनेटमा कार्लोस कास्ट्रोले गोल फर्काएपनि स्वारेजले २७ औं मिनेटमा गोल थपे ।
४९ औं मिनेटमा फ्रान्सिस्को अल्सासेरले र ६५ औं मिनेटमा नेमारले गोल गरे । खेल सकिन ३ मिनेट बाँकी रहँदा इभान राकिटिकले अर्को गोल थपेपछि जित सह जबनेको थियो । घरेलु मैदानमा लगातार पाँच खेल जित्नु बार्सिलोनाका लागि यो सिजनको उच्च प्रदर्शन हो ।
ला लिगाका अन्य खेलमा भिल्लारियलले ओसासुनालाई ४–१ ले, ग्रानाडाले अल्भेसलाई २–१ ले हराउँदा सेल्टा भिगो र इस्पानुयलले २–२ को बराबरी खेलेका छन् ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]