default_image

3 weeks ago

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

869 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।

एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे।

खेलको ११ औं मिनेटमा अनिताले बक्सभित्रबाट गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। यसपछि अनिताले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफमा एपिएफले २-० को अग्रता बनायो।

खेलको ५७ औं मिनेटमा सरु लिम्बूको पासमा रश्मिले गोल गरिन्। यसपछि प्राप्त पेनाल्टीमा ६१ औं मिनेटमा गीताले गोल गरिन्।

अब एपिएफले रौतहटसँग बिहिवार सेमिफाइनल खेल्नेछ। भोलि हुने पहिलो सेमिफाइनलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

पुलिसले गण्डकी प्रदेशलाई ४-० र संकटाले त्रिभुवन आर्मी फुटबल आर्मीलाई ३-१ ले हराउँदै सेमिफाइनल खेल्नेछ।

May 17, 2025

क्रिस्टल प्यालेस पहिलो पटक एफए कप च्याम्पियन

एजेन्सी – क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ। प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको हो। म्यानचेस्टर सिटीलाई शनिवार १-० ले हराउँदै प्यालेसले उपाधि जितेको हो । एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो । एजेले १६ औं मिनेटमा गोल गरेका थिए । सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको […]

May 17, 2025

यूएईमा रेखालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यावसायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ । रेखा आवद्ध रहेको आबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखील गुर्खा एफसीबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको […]

May 17, 2025

नवयुगको दम्पतीलाई‌ पुत्र लाभ

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको दम्पतीले पुत्रलाभ गरेका छन्। राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका नवयुगकी श्रीमती पूजा श्रेष्ठले पहिलो सन्तानका‌ रुपमा छोरालाई बुद्ध जयन्ती (बैशाख २९ गते) को दिन बिहान ६:५० बजे जन्म दिएकी हुन्।‌ इलाम मंगलबारे देउमाई ४ का नवयुग झापा मेचीनगर १२ की पूजा झन्डै डेढ वर्ष […]

Success

Thank you for your time.