3 weeks ago
April 29, 2025
एजेन्सी- च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुँदैछ।
इमिरेट्स स्टेडियममा खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको आर्सनलको लागि यो महत्वपूर्ण खेल हुनेछ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले यस प्रतियोगितामा सम्भवत सबैभन्दा बलियो टिम रियल मड्रिडलाई होम एण्ड अवे दुबै खेलमा हराएर क्वाटरफाइनलमा कुल ५–१ को जित निकाल्यौं, जुन ठूलो उपलब्धि हो ।’
रियलविरुद्धको उत्कृष्ट प्रदर्शनपछि अब आर्सनललाई उपाधिका प्रमुख दाबेदारको रुपमा लिन सकिन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले यस्तो उत्साह र सम्भावना सिर्जना गरेका छौं, जुन सायद कसैले सोचेका पनि थिएनन् । तर जब हामी इतिहास फर्केर हेर्छौं, हामीले यो प्रतियोगिता अहिलेसम्म जितेका छैनौं । त्यसैले अझ धेरै गर्न बाँकी छ ।’
आर्सनलले सन् २००६ मा बार्सिलोनासँग फाइनलमा र २००९ मा म्यानचेस्टर युनाइटेडसँग सेमिफाइनलमा हार बेहोरेको थियो । त्यसयता आर्सनल सेमिफाइनल पुगेका यो पहिलो पटक हो।
आर्टेटाले समर्थकहरुलाई विशेष अपिल गर्दै भने, ‘आफ्ना बुट, सर्ट र टिसर्ट लिएर आउनुहोस् — हरेक बल हामी सबै मिलेर खेलौं । यदि हामीले केही विशेष गर्न चाहन्छौं भने, इमिरेट्स स्टेडियमको वातावरण पनि त्यस्तै विशेष हुनु पर्छ, जुन हामीले पहिले कहिल्यै देखेका थिएनौं ।’
यता पिएसजी भने लगातार तेस्रोपटक इंग्लिस टिमलाई प्रतियोगिताबाट हराउने लक्ष्यमा छ। यसअघि उसले लिभरपुल र त्यसपछि एस्टन भिल्लालाई हराएको थियो।
किलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सी जस्ता रवाफिलो खेलाडी अब क्लबमा नरहे पनि पिएसजीले युवा र प्रतिभाशाली खेलाडीको सहारामा आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य बनाएको छ।
यो सिजनको च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमै आर्सनलले पेरिस सेन्ट-जर्मेनलाई २–० ले हराएको थियो।
पिएसजीका प्रशिक्षक लुइस एनरिकेले पिएसजी अहिले गत सिजनजस्तै अवस्थामा छ। तर यो पटक एक कदम अगाडि जान चाहन्छ। उनले भने, ‘हामी इतिहास रच्न चाहन्छौं। जुन सुन्दर प्रकारको दबाब हो र आशा गर्छु यो हामीमाथि भारी पर्ने छैन।’ उनले यो टोलीमाथि पूर्ण भरोसा गरको भन्दै सबै खेलाडी उपलब्ध रहेको पनि बताए।
May 19, 2025
एजेन्सी – सानदार पुनरागमन गर्दै फुलहमले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-२ ले हराएको छ । योसँगै फुलहमले शीर्ष आठमा यो पटकको लिग सकाउने झिनो आशालाई कायमै राखेको छ। आदामा ट्राओरेको क्रसमा राउल जिमेनेजको हेडर गोलमा फुलहमले १६ औं मिनेटमा अग्रता बनायो। तर यसको ६ मिनेटमै ब्रेन्टफोर्डका ब्रायन म्बुएमोले बराबरी गोल फर्काए। खेलको २८ औं मिनेटमा […]
May 19, 2025
एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा आइतवार विजयी भएको छ। डेक्लान राइसको निर्णायक गोलमा आर्सनलले न्युक्यासललाई १-० ले हरायो । पहिलो हाफमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्न सकेन । पहिलो हाफमा डेविड रायाले केही उत्कृष्ट बचावट गर्दा न्युक्यासलले गोल गर्न सकेन । खेलको ५५औं मिनेटमा मार्टिन ओडेगार्डको पासमा डेक्लानले पहिलो टचमै उत्कृष्ट गोल गरे। यो सँगै […]
May 19, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमका अन्त्य गरेपछि रियल म्याड्रिडले नौं खेलाडीमा सिमित सेभियालाई २-० ले पराजित गरेको छ । सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं […]