default_image

3 weeks ago

April 29, 2025

मकवानपुर महिला गोल्डकप आयोजना गर्दै

642 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ।

छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हेटौंडामा मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए ।

सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभै महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको उनको भनाई छ। 

बैशाख १९ गतेदेखि हेटौंडा-६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबकल सहभागिता रहने छ ।

प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने संघका महासचिव छवि सुवेदीले बताए । थप प्रायोजक प्राप्त पुरस्कार राशी बढाउने संघको तयारी रहेको उनले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।‌

विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ६१ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, प्रतियोगिताका संयोजक प्रताव विष्ट र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान लगायतको उपस्तिथि थियो ।

May 22, 2025

गुजरातलाई विशाल लक्ष्य

एजेन्सी‌- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्स शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई जितको लागि २ सय ३६ रनको चुनौती दिएको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। लखनउले सुरूवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ […]

May 22, 2025

अन्तिम खेलमा ब्वाइज युनियनको‌ जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले जारी सिजनको अन्त्य जित बाट गरेको छ। सन्दीप लिम्बुको ह्याट्रिकलाई छाँयामा पार्दै ब्वाइज युनियनले बाँसबारी क्लबलाई ४-३ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा ब्वाइज युनियनको जितमा सञ्जिव लिम्बु, सुजन स्याङतान, सुशन लामा र सुजन श्रेष्ठले समान१ गोल गरे। बाँसबारीको लागि सन्दीपले खेलको २२ औं, ६६ […]

May 22, 2025

आरसिटीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा (आरसिटी) ले श्री कुमारी क्लबलाई ४-१ गोल अन्तरले हराएको छ। एन्फा कम्प्लेक्समा दुवै टिमले जारी लिगको आफ्नो अन्तिम खेल खेलिरहेका थिए। जहाँ विवेक राईले खेलको ३६ औं मिनेटमा गोल गरे। यही गोलमा आरसिटीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफमा आरसिटीले एकपक्षीय दबाब बनायो। ५४ औं […]

Success

Thank you for your time.