3 weeks ago
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् ।
सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् ।
यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन क्लबकै हैसियतमा प्रतिनिधित्व गर्नेछ । थापासँगै सुरेन्द्र बस्नेतलाई पनि आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन गरेको छ।
एन्फाले उपलब्ध गराएको फारममा आरसी ३२ ले आफ्नो प्रतिनिधिको रुपमा थापा र बस्नेतको नाम उल्लेख गरेको छ।
थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध दुई दाता अघि सकिएको थियो । त्यसपछि आरसी ३२ ले थापालाई आफ्नो कार्यसमितिको सदस्य चयन गरेको बताइएको छ ।
आरसी ३२ ले आफूलाई प्रतिनिधि चयन गरेको पत्र सोमवार सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘एन्फाका सबै साथीहरूसग २६ गते साधारण सभा मा भेटौँ।’
थापाको प्रतिनिधित्वलाई एन्फाले स्वीकार गर्छ गर्दैन त्यो चासोको बिषय रहनेछ। थापाको प्रतिबन्धित सकिने दिन नजिकिँदै गर्दा एन्फाले चैत ११ र १२ गते भएको बैठकले भने उनीमाथि कारवाहीका लागि सरकारी निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो।
एन्फाको निर्णयमा भनिएको थियो, ‘पूर्व अध्यक्ष गणेश थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा राखिएको आर्थिक अनियमिता संग सम्बन्धित फाईल पुनः अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने तथा पदको दुरुपयोग गरी घुस वापत तत्कालिन ए.एफ.सी. अध्यक्ष मार्फत लिएको १ एक लाख अमेरीकी डलरको १० बर्षको सावां व्याजसहित हालको दरभाउमा हुने रकम राज्य कोषमा दाखिला गराउन र देशको नामबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय समुदायमा देशको छवी बदनाम गरी घुस लिएको प्रमाणित हुँदा पनि हाल सम्म नेपाल सरकारको कानून बमोजिम राष्ट्रलाई घात हुने अपराध गरेको ठहर भैसक्दा पनि निजलाई कुनै कानुनी कारवाही नभएको हुदा कानुन बमोजिम कारवाहीका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुमा पत्राचार गर्ने र संघको सदाचार समितिलाई पनि आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरियो ।’
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]