default_image

3 weeks ago

April 28, 2025

गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

978 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे । पुलिसले अब सेमिफाइनलमा संकटाको सामना गर्नेछ ।

पुलिसले पहिलो हाफको १७ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । अमृता जैशीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक गण्डकीकी गोलरक्षक मनिषा तामाङले बचाउन नसक्दा गोल भयो ।

२८ औं मिनेटमा सुष्माले अग्रता दोब्बर पारिन् । मिना देउवाले दिएको लो क्रसलाई सुष्माले सहजै गोलमा परिणत गरिन् । दोस्रो हाफको ४४ औं मिनेटमा निर्मला उपाध्यायले क्लियर हुन नसकेको कर्नरलाई गोलको दिशा दिएकी थिइन् ।

सुष्माले ७५ औं मिनेटमा सुन्दर गोल गर्दै फराकिलो जित पक्का गरिन् । उनले मिनाको क्रसलाई पहिलो टचमै गोलरक्षकको माथिबाट गोल गरेकी थिइन् ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार एपिएफ फुटबल क्लब र पदमा स्पोर्ट्स क्लब खेल्नेछन् । विहीबार हुने सेमिफाइनलमा यस खेलको विजेता र रौतहट जिल्ला फुटबल संघ खेल्नेछन् । पहिलो सेमिफाइनलमा संकटा र पुलिस बुधबार खेल्नेछन् । संकटाले आर्मीलाई ३-१ ले हराएको थियो ।

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

May 15, 2025

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अवहेलनाको मुद्दा दायर

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध  अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]

May 15, 2025

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]

Success

Thank you for your time.