8 years ago
March 1, 2017
लन्डन (एजेन्सी)– युरोपेली फुटबल संघ (यूइएफए) का अध्यक्ष एलेक्साडर केफेरिनले बार्सिलोनाका फुटबल स्टारद्वय लियोनल मेस्सी र नेमारलाई बेलायत प्रवेशमा प्रतिबन्ध लाग्न सक्ने स्वीकार गरेका छन् । मेस्सी र नेमारमाथि हाल कर छलि सम्बन्धि मुद्दा चलिरहेका कारण बेलायतमा प्रवेशमा रोक लाग्न सक्ने केफेरिनले न्युयोर्क पोस्टलाई बताएका हुन् ।
यो सिजन च्याम्पियन्स लिगको फाइनल वेल्सको कार्डिफ सहरमा हुदैछ । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेग बार्सिलोनामा ४–० ले पराजित भएको थियो । दोस्रो लेगमा नतिजा उल्टाएर बार्सिलोना अघि बढ्दै फाइनल सम्म पुगेपनि कानुनी जटिलताका कारण दुई स्टारले खेल्न नपाउने सक्ने विषयले अध्यक्ष केफेरिन चिन्तित छन् ।
अध्यक्ष केफेरिनले भने ‘नेमार र मेस्सी दुवैमाथि कर सम्बन्धि मुद्दा चलिरहेको छ । यो बर्ष यो बर्ष च्याम्पियन्स लिगको फाइनल कार्डिफमा छ । कल्पना गरौं उनीहरुलाई प्रवेश माथि रोक लगाइसक्छ । ’ यूईएफए अध्यक्षले भविष्यमा बेलायतले अन्य फाइनल खेलाउन नपाउने सक्ने संकेत पनि गरे । ‘इङ्ल्यान्डका खेलाडी स्वतन्त्र भएर सबै तिर खेल्छन् । तर त्यहाँको नियमको कारण अरु खेलाडी खेल्न नपाउने भएपनि युरोपेली खेल अन्तै खेलाउने विषयमा पनि सोच्नुपर्ने हुनसक्छ ।’
उनले का सर्जि उरियरलाई इङ्ल्यान्ड प्रवेशमा लगाएको रोकमा पनि आपत्ती जनाए । त्यस्तै केफेरिनले अमेरिकाको सीमामा गरिएको कडाइले अमेरिकालाई भविष्यमा विश्वकप आयोजना गर्ने अनुमती पाउन गाह्रो हुने सक्ने संकेत पनि गररेका छन् ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]