default_image

3 weeks ago

April 27, 2025

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे

1307 views

0 Bookmark

एजेन्सी – डिफेन्डर जुल्स कुन्डेले अतिरिक्त समयमा गरेको सानदार गोलको मदतमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रेको उपाधि जितेको छ ।

सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे । उनले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो ।

खेल अवधिभर नै पकड जमाएको बार्साले पहिलो हाफमै पेड्रीको गोलमा अग्रता लिएको थियो । २८औं मिनेटमा लामिन यमलको पासमा पेड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए ।

रियल म्याड्रिडले किलीयन एमबाप्पेको आगमनपछि खेलमा पुनरागमनको संकेत दियो । उनले ७० औं मिनेटमा आफैं जितेको फ्रिकिकलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसको ८ मिनेटपछि ओरेलिएन चुआमेनीले आर्डा गुलरको कर्नरमा हेडर गोल गर्दै रियललाई अघि बढाए ।

८४ औं मिनेटमा बार्साले खेल पुन: बराबरीमा ल्यायो । यमलको लामो पासलाई फेरान टोरेसले नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरेर गोल गरे । इन्ज्युरी समयमा रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएपनि भारको सहयोगमा निर्णय उल्टियो ।

यस जितसँगै बार्सिलोनाले सिजनको अर्को ट्रफी जितेको छ । क्लबले यसअघि स्पेनिस सुपर कप पनि जितिसकेको छ । क्लबले अब २ सातापछि रियल म्याड्रिडकै सामना गर्दा स्पेनिस लिगको पनि छिनोफानो हुनेछ । प्रशिक्षक हान्सी फ्लिकको आगमनपछि बार्साले सिजनको तीनै एल क्लासिकोमा जित दर्ता गरेको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्दैछ ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.