3 weeks ago
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सका आयुष घलान नेपाल सुपर लिग ( एनएसएल) को सर्वोत्कृष्ट घोषित भएका छन्। उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन्। ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
पोखरा का गिलामो प्रिसो एनएसएलको उत्कृष्ट गोल किपर बने। उनले ५ खेलमा क्लि सिट राखेका थिए। उनले पनि १ लाख रुपैयाँ प्राप्त गरे।
धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता रहे । उनले यो सिजन कुल ५ गोल गरेका थिए। ३ सिजनमा उनले कुल ९ गोल गरेका छन्। झापा एफसी फेयर प्ले टिम बनेको छ।
नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी प्रिती राईलाई स्कुटर प्रदान गरिएको छ। उनी एनएसएलकी गुडविल एम्बेसडर हुन्।
दशरथ रंगशालामा आज भएको फाइनलमा साविक विजेता ललितपुरले तेस्रो एनएसएलको उपाधि जितेको थियो। पोखरालाई २-१ गोल गोल अन्तरले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]