default_image

3 weeks ago

April 26, 2025

एनएसएल फाइनल – ललितपुर र पोखरा भिड्दै

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा आज साविक विजेता ललितपुर सिटी एफसीको सामना पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सले गर्दैछ।

ललितपुर जारी सिजन अपराजित छ। उसको बलियो पक्ष भनेको लिग चरणको ६ खेल र क्वालिफायरमा एक रुपताको प्रदर्शन हो। उत्कृष्ट लयमा रहेको ललितपुर दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ।

तर उसले आज पोखराको चुनौती पन्छाउनुपर्नेछ। पोखरा अर्को सशक्त टोलीको रुपमा अगाडि आएको छ। केहि विवाद र पहिलो दुई हारपछि यसरी गरेको कमब्याक तारिफयोग्य छ।

एनएलमा पछिल्ला १० खेलमा अपराजित रहेको ललितपुर र प्रत्येक खेलमा निखारिएको प्रदर्शन गरेको पोखराबीचको फाइनल खेल स्तरीय हुने अनुमान गरिएको छ।

फाइनलमा आमने सामने हुँदै गर्दा दुई टोलीका कप्तानको यात्रा फरक छ। ललितपुरका कप्तान अनन्त तामाङ दोस्रो पटक टिमलाई उपाधि दिलाउने भाग्यमानी कप्तान हुन सक्छन्। यसको लागि टोलीले तयारी गरेको उनको भनाइ छ।

अर्कोतर्फ पोखराका कप्तान नवयुग श्रेष्ठसँग भने अनसोल्ड देखिको फाइनल सम्मको कथा छ। अनसोल्ड पछि पनि टोलीले देखाएको विश्वासको ऋण तिर्ने र आफुलाई प्रमाणित गर्ने उत्कृष्ट मौका हो। उनले प्रशिक्षक सुमन श्रेष्ठको योजनामा खेल्ने र उपाधि जित्ने नै प्रमुख लक्ष्य रहेको बताए।

ललितपुरसँग आज मणि कुमार लामा पनि हुनेछन्। मैदानभित्र पाएको रातो कार्ड मैदान बाहिर उनले फिर्ता पाएका छन्। आयोजकको यो निर्णयमा ललितपुर खुसी छ।

तर यो निर्णय बहसको विषय भने बनेको छ। यस विषयमा पोखराका प्रशिक्षक श्रेष्ठ खासै खुसी भने थिएनन्।

ललितपुर आज उसको प्रमुख डिफेन्डर बिना मैदानमा उत्रने छ। उनले दोहोरो पहेंलो कार्ड पाएका थिए। पोखराका गौरवले पनि रातो कार्डको कारण आज फाइनल गुमाउनेछन्।

ललितपुरका विदेशी खेलाडी जिनाथन आज मैदानमा फर्किएको खण्डमा टोलीलाई थप सहयोग मिल्न सक्छ। उनले दुई खेलमा दुई गोल गरेका छन्।

पछिल्लो ६ खेलमा अपराजित रहेको पोखराले ६ खेलमा १ गोल मात्र खाएको छ। ५ खेलमा क्लिन सिट। त्यसैले ललितपुरलाई यो तथ्याङ्कलाई चिर्दै गोल गर्ने चुनौती रहनेछ।

ललितपुरसँग लिग चरणमा ३-२ ले हारेपछि पोखरा अपराजित रहेको छ। पोखरालाई यो पटक भाग्यको साथ पनि रहेको छ। लिग चरणमा काठमाडौंलाई गोल अन्तरमा हराएको पोखराले दोस्रो क्वालिफायरमा इन्ज्युरी समयमा गरेको गोलमा फाइनलमा पुगेको हो।

आज हाई प्रोफाइल विदेशी प्रशिक्षक ललितपुरका साइमन्ड ग्रेसन र नेपाली प्रशिक्षक श्रेष्ठको‌ रणनीति पनि प्रमुख रहनेछ।

विगतमा मोफसलको‌ प्रतियोगिताहरुमा व्यस्त रहेको बेला एनएसएल दर्शकको रुपमा हेरेका श्रेष्ठले यस पटक मौका पाउँदा टोलीलाई फाइनलमा पुर्याउनुु नै गर्वको विषय रहेको बताएका छन्। उनको करियरको लागि पनि आजको फाइनल‌ महत्वपूर्ण हुनेछ।

एनएसएलले नयाँ च्याम्पियन पाउनेछ वा लगातार दोस्रो पटक च्याम्पियन बन्ने इतिहास बन्ने छ। यसको निर्णय आज साँझ ६ बजे दशरथ रङ्गशालामा सुरु हुने फाइनल खेलले गर्नेछ।‌

यसपटकको च्याम्पियन ८० लाख र दोस्रो टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यो गत वर्षको तुलनामा दुवैमा १० लाख रुपैयाँको बृद्धि हो।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.