3 weeks ago
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् ।
विजेता एपिएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
यो एपिएफको महिला फुटबलमा वर्षको पहिलो उपाधि हो । गत वर्ष लिगसहित ३ वटा उपाधि जितेको थियो।
एपिएफकी प्रशिक्षक भगवती थापाले फाइनलमा टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको र पुलिसले कडा चुनौती दिएको बताइन् ।
एपिएफकी कप्तान अनिता बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषानाथ उत्कृष्ट गोलकिपर, एपिएफकी गिता राना उत्कृष्ट डिफेन्डर, सुरु लिम्बु उत्कृष्ट मिडफिल्डर, अनिता केसी उत्कृष्ट फरवार्ड र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]