6 days ago
April 24, 2025
एजेन्सी – आर्दा गुलेरले एक मात्र गोल गर्दै रियल मड्रिडलाई गेटाफेमाथि जित दिलाएपछि ला लिगाको शीर्षस्थानमा बार्सिलोनासँगको दूरी ४ अंक पुन: ४ अंकमा झरेको छ।
गत साता च्याम्पियन्स लिगबाट आर्सनलसँग पराजित हुँदै बाहिरिएको रियल माथि यो सिजन केही उपलब्धि हासिल गर्ने दबाब छ । कार्लो एन्चेलोटी र उनका खेलाडीका लागि यो खेल जित्नैपर्ने थियो । जसले केही हदसम्म दबाब कम गर्यो।
यो खेलमा जुड बेलिङ्घम बेन्चबाट सुरु भए भने एन्चेलोट्टीले शनिबार हुने कोपा डेल रे फाइनलको तयारीस्वरूप टोलीमा ६ खेलाडी परिवर्तन गरे। किलियन एमबाप्पे चोटका कारण टोलीमा थिएनन्।
२१औँ मिनेटमा गुलेरले काउन्टर अट्याकबाट गोल गरे । गेटाफेका गोलकिपर डेविड सोरियाले छोए तापनि रोक्न सकेनन्।
एन्ड्रिकले आफ्नो पहिलो ला लिगा सुरुवातमा गोल गर्ने मौका पाए पनि सफल भएन । भिनिसियस जुनियरले उनलाई एक्लै गोलकिपर सामना गर्न पास दिएका थिए । तर ड्जेने डाकोनामले लाइनबाट बल क्लियर गरे।
इन्ज्युरी समयको छैठौँ मिनेटमा गेटाफेले बराबरी गर्ने मौका पाए, तर रोड्रिग्वेजको प्रयासलाई थिबाउ कोर्ट्वाले उत्कृष्ट बचाउ गर्दै रियललाई जित दिलाए।
यो जितसँगै ३३ खेलमा ७२ अंक जोडेको रियलको भन्दा शीर्षस्थानको बार्सिलोनाको ४ अंक बढी छ । ला लिगामा अब पाँच खेल मात्र बाँकी छन्। बार्सिलोना र रियलबीचको एल क्लासिको मे ११ मा हुनेछ। गेटाफे १२औँ स्थानमै कायम छ।
अन्य खेलमा सेल्टा भिगोले भिल्लारियललाई ३-० ले, एथलेटिक क्लबले लस पालमसलाई र अल्भेसले रियल सोसिडाडलाई समान १-० ले हराएको छ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]