default_image

7 days ago

April 23, 2025

एपिएफ लुम्बिनी कपको फाइनलमा

975 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले‌ हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।

एपिएफले‌ अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा ठोकर र सविता राना मगरले‌ गोल गरिन् ।

७३ औ मिनेटमा अनिताको‌ गोलबाट एपिएफले अग्रता लियो।‌ ८० औं मिनेटमा एपिएफकी निशा गोल गर्दै अन्तर दोब्बर पारिन् । अन्तिम मिनेटमा सविताले गोल गर्दै अन्तर बढाइन्।

तस्बिरहरु- अमित रावल

एपिएफकी अनिता केसी प्लेयर अफ दि म्याच घोषित भइन्। उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् । एपिएफले शुक्रवार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खल्नेछ ।

अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस अन्तिम दुईमा पुगेको थियो। एपिएफले गत वर्ष लिगसहित ३ वटा उपाधि जितेको थियो।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा जारी प्रतियोगिताको विजेताल ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

Success

Thank you for your time.