7 days ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्।
दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। पहिलो हाफको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीको पासमा दीपेश राईले बक्सभित्रबाट हानेको पावरफुल प्रहारलाई पोखराका गोलकिपर गियाल्मो प्रिसोले बचाए।
धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २-१ ले पराजित भएको थियो। तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो।
लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो।
पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो। लिग चरणमा सुरुवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ।
आजको खेलको विजेताले शनिवार साविक विजेता ललितपुर सिटी एफसीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]