1 week ago
April 23, 2025
एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ।
मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई पुनः७ अंकले बढाएको छ।
दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो ।
स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन।
मालोर्काका गोलकिपर लिओ रोमानले पहिलो हाफमा लामिन यामाल र फेर्रान टोरेसका प्रहार रोके ।बार्सिलोनाको लगातार दबाबका बीच पनि पाहुना टोली उसलाई रोक्न सफल भयो ।
यहाँ सम्मकी १५ सेकेन्डको अन्तरमा बार्सिलोनाको चारवटा प्रहार मालोर्काले बचायो। तर दोस्रो ओल्मोले सुरुवातमै ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
ह्यान्सी फ्लिकले रियलविरुद्ध शनिवार कोपा डेल रे फाइनललाई ध्यानमा राख्दै टोलीमा ७ परिवर्तन गरे। उनले दोस्रो हाफमा राफिन्हा र फेर्मिन लोपेजलाई मैदानमा उतारे ।
तर टोलीले दोस्रो गोल खोज्दा गोलकिपर रोमानले ११ वटा बचाउ गर्दै मलोर्कालाई खेलमा जिवित राख्ने कोशिस गरे । यद्दपी टोलीले बराबरी गोल फर्काउन सकेन ।
बार्सिलोनाले खेलमा कुल ४० ओटा प्रहार गर्यो । यो सिजन ला लिगामा कुनै पनि टोलीले गरेको सबैभन्दा धेरै प्रहार हो । अर्कोतर्फ मल्लोर्काले गोल पोस्टमा खासै प्रहार गर्न सकेन ।
३३ खेलमा बार्सिलोनाको ७६ अंक पुगेको छ। रियलले बुधवार गेटाफेलाई हराउन सके अंक दूरी पुन: ४ मा झर्नेछ।
युरोपा लिगको होडमा रहेको मालोर्का ४४ अंकसहित सातौं स्थानमा छ । एक खेल कम खेलेको सेल्टा भिगोभन्दा टोलीको १ अंकले बढी छ। अर्को खेलमा भ्यालेन्सिया र इस्पानुयोलले १-१ को बराबरी खेलेका छन्।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]