default_image

1 week ago

April 22, 2025

शीर्षस्थानको प्लानिङ ब्वाइज रोकियो

447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग‌को‌ शीर्ष टोली प्लानिङ ब्वाइज शतप्रतिशत जित निकाल्न चुकेको छ।

लगातार ६ खेलमा जित हात पारेको प्लानिङ ब्वाइजलाई आज ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले गोल रहित बराबरीमा रोकेको हो।

एन्फा कम्पलेक्समा भएको खेलमा प्लानिङ ब्वाइज लगातार सातौं जित निकाल्ने दाउमा थियो। तर बिबिसीले त्यसो हुन दिएन।

जारी लिगमा प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो। बराबरीपछि दुई टोलीले समान १ अंक‌ प्राप्त । ७ खेलमा ६ जित र पहिलो बराबरीको नतिजामा १९ अंक बनाएको प्लानिङ ब्वाइज लिगको शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको श्री भगवतीसँग १७ अंक छ।
बिबिसीको यो तेस्रो बराबरी नतिजा हो। उसले ७ खेलमा २ मा जित, ३ मा बराबरी र २ हार सहित ९ अंक बनाएको छ।

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

April 30, 2025

च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

Success

Thank you for your time.