1 week ago
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब
नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ।
अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो।
खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले गोल गरिन् ।
त्यसको एक मिनेटपछि अनिता केसीले गोल गरिन् । ४५ औं मिनेटमा गिता रानाले गरेपछि एपिएफले पहिलो हाफमा ४-० को अग्रता बनायो।
४६ औं मिनेटमा रश्मि कुमारी घिसिङले गोल गरिन् । ५० औं मिनेटमा कर्णालीकी टिनाबाट अर्को आत्मघाती गोल भएपछि एपिएफले फराकिलो जित दर्ता गर्यो।
सोही खेलबाट गोलकिपर अञ्जना रानामगरले एपिएफबाट डेब्यू गरिन् । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर उनी दुई साता अघि एपिएफमा आबद्ध भएकी हुन् । दोस्रो हाफमा अञ्जनाको सट्टा सावित्री किशनले पोस्ट सम्हालेकी थिइन्।
एपिएफकी रेनुका प्लेयर अफ दि म्याच घोषित भइन् ।उनलाई राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, खेल प्रायोजक राजा खानका प्रतिनिधि सादाब खान र मनमाया मेमोरीयल फिजियोथेरापीका डाक्टर खेमा भण्डारीले ५ हजार रुपैयाँ हस्तान्तरण गरे ।
एपिएफले रौतहट जिल्ला फुटबल संघसँग सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनलमा मंगलवार नेपाल पुलिस क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]