default_image

1 week ago

April 21, 2025

महिला फुटबल टोलीको प्रशिक्षकको आवेदन खुल्ला

846 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ ।

एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगै
उमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ।

अब नेपाली महिला राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोट २०२६ खेल्दै छ। एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका रहेका छन्।

यो समूहको खेल उज्वेकिस्तानमा हुने तय भएको छ। नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्नेछ।

यसअघि नेपली महिला टिमले खेलेको ३ अन्तराष्ट्रिय प्रशिक्षकको जिम्मेवारी राजेन्द्र तामाङले लिएका थिए। वाफ ,साफ र फोर नेशन्समा उनको प्रशिक्षण नेपाल दोस्रो भएको थियो।

एन्फाले पर्फमेन्स एनलिस्टको लागि पनि आवेदन खुला गरिएको छ। जसका लागि फिटनेस कोर्स गरेको तथा लेभल वानको डाटा एनलिस्ट कोर्स पूरा गरेको हुनुपर्नेछ। त्यसका साथै कम्तीमा एक वर्षको अनुभव हुनुपर्ने उल्लेख छ।

May 1, 2025

टुसालसँग सरस्वतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]

May 1, 2025

एपिएफ बागमती मुख्य मन्त्री कपको फाइनलमा

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

Success

Thank you for your time.